त्रिशूली–३ ‘ए’मा उद्धार प्रयास तीव्र, सुरुङमा ब्लास्टिङको तयारी


२०८३ भदौ १४ आइतबार १६:१५ बजे
तस्बिरः नेपाली सेना

काठमाडौं : नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले ब्लास्टिङसहितका विकल्पबाट उद्धार प्रयास अघि बढाएको छ। उद्धार स्थलमा नेपाली सेनाका ६६, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।

यसअघि उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। प्वालबाट डोरीको सहायताले तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उद्धारका लागि थप प्रयास अघि बढाइएको हो। हाल सुरुङमा ठूला उपकरण प्रयोग गर्ने, प्वाल फराकिलो पार्ने तथा आवश्यकताअनुसार ब्लास्टिङ गर्ने काम एकसाथ अघि बढाइएको छ।

कठिन तथा जोखिमपूर्ण परिस्थितिका बाबजुद संयुक्त उद्धार टोली अहोरात्र खोज तथा उद्धारमा खटिरहेको नेपाली सेनाले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७