रसुवागढी आयोजनाको सुरुङको अन्तिम बिन्दुसम्म खोज्दा पनि भेटिएनन् कोही (तस्बिरसहित)

धुन्चे फर्कियो सेनाको उद्धार टोली


२०८३ भदौ १५ सोमबार १४:०७ बजे
तस्बिरहरूः नेपाली सेना

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजीमा कोही पनि फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली धुन्चे फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी अभियान सञ्चालन गरिएको थियो।

उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर ड्रोनमार्फत समेत निरीक्षण गरेको थियो। तर, लामो समयसम्म खोजी गर्दा पनि सुरुङभित्र कुनै मानवीय उपस्थिति फेला नपरेको जनाइएको छ। सुरुङभित्र मानिस नरहेको निष्कर्षमा पुगेपछि खोजी अभियान सम्पन्न गरी नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको हो।

हेर्नूहोस् सेनाको खोजः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७