बाढीपीडितका लागि शिवम् होल्डिङ्सले दियो २१ लाख, सिमेन्टले ११ हजार बोरा


२०८३ भदौ १५ सोमबार १७:२६ बजे

काठमाडौं : विनाशकारी बाढीबाट प्रभावित परिवारको आवास पुनर्निर्माण तथा राहतका लागि शिवम् सिमेन्ट लिमिटेड र यसको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले सहयोग घोषणा गरेका छन्। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय गरेको हो। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले पुनःस्थापना अभियानमा सहयोग गर्ने जनाएको छ।

शिवम् सिमेन्टले नेपाल सरकारसँगको समन्वयमा बाढीबाट घर गुमाएका ११० परिवारका लागि ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट उपलब्ध गराउने भएको छ। प्रत्येक परिवारलाई १०० बोराका दरले सिमेन्ट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। यस्तै, शिवम् होल्डिङ्स लिमिटेडले उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको जनाएको छ।

विपद्को कठिन अवस्थामा सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन पुनःस्थापनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७