सेनाको हेलिकप्टरबाट १६ जना विदेशी सहित ४०९ जनाको उद्धार
काठमाडौं : रसुवामा आएको बाढीका कारण प्रभावित भएकामध्ये नेपाली सेनाका हेलिकप्टरमार्फत ४०९ जनाको उद्धार गरिएको छ। आइतबार दिउँसो ३ बजेसम्म नेपाली सेनाले उद्धार गरिएकामध्ये १६ जना विदेशी नागरिक छन्। उनीहरूमध्ये १५ जना चिनियाँ र एक जना भारतीय नागरिक रहेका छन्।
यस्तै, त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भदौ १२ गतेदेखि विशेषज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरी सुरुङको क्राउन हेड पत्ता लगाउन सफल भएको सेनाले जनाएको छ।
सुरुङमा बनाइएको होलबाट अवलोकन गर्दा करिब ७ मिटरको व्यासमा निकै माथिसम्म पानीको सतह देखिएको जनाइएको छ। बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ८ हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन भई उद्धार तथा राहतका काममा समन्वयात्मक रूपमा खटिएको सेनाले जनाएको छ।
.gif)

.png)

