भेटिएनन् आफन्त : तस्बिर बोकेर शिक्षण अस्पतालमा परिवार
काठमाडौं : रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारजन काठमाडौंको शिक्षण अस्पताल पुगेका छन्। बाढीपछि आफन्तको अवस्था अज्ञात रहेपछि परिवारजनले उनीहरूको तस्वीर बोकेर शिक्षण अस्पताल पुगेका हुन्।
विभिन्न अस्पताल तथा सहायता कक्षमा पुगेर आफन्तको अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेका परिवारलाई नेपाल प्रहरीले अस्पताल परिसरमा डेस्क स्थापना गरी सहजीकरण गरिरहेको छ। परिवारजनका अनुसार उनीहरूले आफन्तको खोजीका लागि विभिन्न अस्पताल, विमानस्थल तथा अन्य सम्भावित स्थानमा खोजी गरिसकेका छन्। तर, अहिलेसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
.png)
अस्पताल, विमानस्थल तथा राहत शिविरलगायतका स्थानमा समेत आफन्त फेला नपरेपछि परिवारजनले राज्यका निकाय, सुरक्षा संयन्त्र तथा सञ्चारमाध्यमलाई बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य थप तीव्र बनाउन आग्रह गरेका छन्। “हामीले सम्भव भएसम्म सबै ठाउँमा खोजिसक्यौँ, तर आफन्तको कुनै जानकारी पाउन सकेका छैनौँ,” परिवारजनले भनेका छन्। उनीहरूले बेपत्ता व्यक्तिको खोजीलाई प्राथमिकतामा राखेर सम्भावित सबै स्थानमा खोजी गर्न आग्रह गरेका छन्।
भोटेकोशी बाढीपछि हालसम्म ५ सयभन्दा बढी शव फेला परेको र ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले प्रभावित क्षेत्रसँगै त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा समेत खोजी अभियान सञ्चालन गरिरहेको छ।
.gif)

.png)

