रसुवा बाढी: १५७ जनाको शव फेला

२८ प्रहरी सम्पर्कविहीन


२०८३ भदौ १० बुधबार २३:४४ बजे

काठमाडौं :  रसुवामा आएको भीषण बाढीमा परेकामध्ये हालसम्म १५७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले राति ११ः०५ बजेसम्म सार्वजनिक गरेको बुलेटिनअनुसार बाढी प्रभावित सात जिल्लामा गरी १५७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ। बाढीमा परेर नेपाल प्रहरीका २८ जना कर्मचारीसमेत अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

यसैगरी, बाढी तथा त्यसबाट उत्पन्न घटनामा घाइते भएका ४१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। प्रहरीका अनुसार काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २० जना, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जना उपचाररत छन्।

प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीनको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७