हर्क साम्पाङ ट्राफिक कारबाहीमा

‘माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ’


२०८३ जेठ २५ सोमबार १९:२८ बजे

काठमाडौँ । लापरबाही तरिकाले मोटरसाइकल चलाएपछि प्रहरीले श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) लाई कारबाही गरेको छ। सामाजिक सञ्जालमा उनले ट्राफिक नियम पालना नगरी सवारी चलाएको भिडियो/तस्बिर सार्वजनिक भएपछि प्राप्त जनगुनासोका आधारमा प्रहरीले उनलाई आज कानुनी कारबाही गरेको हो।

'सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ,' प्रहरीले भनेको छ।

साथै, प्रहरीले आगामी दिनमा यस्ता ट्राफिक नियमविपरीतका गतिविधि नगर्न र नगराउन सम्पूर्ण चालक, सहचालक तथा यात्रुहरूलाई सचेत र जिम्मेवार बन्नसमेत आग्रह गरेको छ।

जेठ २२ गते उदयरपुलको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका थिए ।  दुर्घटना परेर हातमा चोट लागेको भिडियो उनैले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७