देउवालक्षित गगन थापाको कटाक्ष– कसैलाई छैटौं पटक प्रधानमन्त्री बन्न पाएन भनेर असन्तुष्टि छ
राजनीति राजकीय पदमा केन्द्रित भयो भन्दै गगनले देउवातर्फ गरे कटाक्ष
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै कटाक्ष गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले पाँच पटक प्रधानमन्त्री भइसकेको व्यक्ति छैटौँ पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट हुने गरेको टिप्पणी गरे।
‘पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ। दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ। हामी हेर्यौँ भने मञ्चमा बसेका मान्छे जो जिम्मेवारी पाएका छौँ, हामी पनि असन्तुष्ट हुन्छौँ,’ उनले भने। थापाले पछिल्लो समय राजनीति बिस्तारै राजकीय पदमा केन्द्रित हुँदै गएको बताए।
.gif)

.png)

