हर्कले ल्याए ‘श्रम संस्कृति सहायता कक्ष’

‘जनताको समस्या तेरो–मेरो नभनी समेट्छौं’ : हर्क साम्पाङ


२०८३ भदौ ३ बुधबार १६:५९ बजे

काठमाडौं : श्रम संस्कृति पार्टीले जनताको समस्या तथा गुनासो सुन्न ‘श्रम संस्कृति सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले जनताका गुनासा सरकारसमक्ष पुर्‍याउने उद्देश्यले बुधबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्।

सरकारसमक्ष आफ्ना समस्या र गुनासा राख्न चाहने नागरिकलाई सहायता कक्षमा सम्पर्क गर्न उनले आग्रह गरेका छन्। उनका अनुसार सहायता कक्षमा हरेक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्पर्क गर्न सकिनेछ। साम्पाङले जनताको समस्या ‘तेरो–मेरो’ नभनी सबैको समस्या समेटेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७