हर्क साम्पाङको कटाक्ष : गोली चलाएर मार्ने र फाइन-डोजर चलाएर मार्ने सरकारमा के फरक छ ?


२०८३ असार २६ शुक्रबार १३:१७ बजे

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले पछिल्लो घटनाक्रमप्रति संकेत गर्दै सरकारको कार्यशैलीमाथि तीखा प्रश्न उठाएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले गोली चलाएर मार्ने र डोजर चलाएर मार्ने सरकारबीच के फरक छ भन्दै प्रश्न गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, 'गोली चलाएर मार्ने पहिलेको सरकार र फाइन चलाएर अनि डोजर चलाएर मार्ने सरकारमा के फरक छ?' उनको यो अभिव्यक्ति राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि आएको हो। यद्यपि साम्पाङले आफ्नो पोस्टमा कुनै व्यक्ति वा घटनाको नाम भने उल्लेख गरेका छैनन्।

गणेश नेपालीको मृत्यु र त्यसअघिको घटनालाई लिएर विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्। सामाजिक सञ्जालमा पनि उक्त घटनालाई लिएर व्यापक प्रतिक्रिया आइरहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७