सुकेधारामा कांग्रेसको संस्थापनइतर पक्षको भेला
देउवासहित शीर्ष नेताहरू सहभागी
काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारामा जारी छ। भेला सुरु भएको केही समयपछि नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि भेलास्थल पुगेका छन्।
भेलामा राष्ट्रिय भेला आयोजक समिति संयोजक शशांक कोइरालासहित निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, मोहनबहादुर बस्नेत, ईश्वरी न्यौपाने, जितजंग बस्नेत, रामहरि खतिवडा र मीनबहादुर विश्वकर्मालगायत सहभागी छन्।
भेलामा गाउँ तथा नगर सभापति, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सभापति, प्रदेश सभापति, निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वसांसद तथा पूर्वमन्त्रीहरूलाई आमन्त्रण गरिएको छ।
पार्टीको आगामी दिशा, संगठन सुदृढीकरण र नेतृत्वलगायत विषयमा छलफल गर्न संस्थापनइतर पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो।
.gif)

.png)

