कांग्रेस विवाद, सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ


२०८३ श्रावण २१ बिहीबार ११:०१ बजे

काठमाडौं :  नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुँदैछ । निर्वतमान सभापति देउवा पक्षले पुनरावलोकन निवेदनमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

पुनरावलोकन निवेदनको सुनुवाइ प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा तोकिएको छ । सुनुवाइपछि पुनरावलोकनको निस्सा (अनुमति) दिने वा नदिने विषयमा इजलासले निर्णय गर्नेछ।

निर्वाचन आयोगले २ माघ, २०८२ मा कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँटदै त्यहाँबाट निर्वाचित नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो । 

त्यसपछि देउवा पक्षले निर्वाचन आयोगको निर्णयलाई चुनौती दिई सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । तर, निर्वाचनको मिति नजिकिएकाले अन्तरिम आदेशको विषयमा छलफल समेत नभई मुद्दाको अन्तिम सुनुवाइ भएको थियो । ४ वैशाखमा सर्वोच्च अदालतले देउवापक्षीय नेताहरूको माग अस्विकार गरी निर्वाचन आयोगकै निर्णयलाई मान्यता दिएको थियो ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७