परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट भट्टराईलाई पक्राउ गरेको हो।
सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा नियन्त्रणमा लिइएको हो। प्रहरीले २०६८ सालमा भएको उक्त कसुरको अनुसन्धानका क्रममा उनी संलग्न रहेको फेला परेको जनाएको छ।
यस घटनासम्बन्धी मुद्दा २०८२ चैतमा दर्ता भएको प्रहरीले जनाएको छ। पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।
.gif)

.png)

