केयू उपकुलपतिका १० उम्मेदवारको सूची सार्वजनिक
काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्तिका लागि १० जना उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरिएको छ।
छनोट तथा सिफारिस समितिले ३५ जनाको आवेदनमध्ये दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकाश नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सन्जेल, सुवोध शर्मा र हरिप्रसाद न्यौपानेलाई सर्टलिस्टमा समेटेको हो।
समितिले उम्मेदवारबारे २० साउनभित्र राय–सुझाव दिन आग्रह गरेको छ। त्यसपछि २२ साउनमा उम्मेदवारहरूको १५ मिनेटको प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन हुनेछ।
तीन महिनादेखि नेतृत्वविहीन रहेको काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्ति ढिलाइ हुँदा महत्त्वपूर्ण निर्णयहरू प्रभावित भएका छन्। सरकारले आगामी एक साताभित्र नयाँ उपकुलपति नियुक्त गर्ने तयारी गरेको जनाएको छ।
.gif)

.png)

