प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न: कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक-फरक देखिन्छ र ?

‘हिजो आक्रोश पोख्ने प्रधानमन्त्री र आँसु बगाउने गृहमन्त्री आज किन मौन ?’


२०८३ श्रावण १४ बिहीबार ११:४९ बजे

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ मौन बसेको आरोप लगाएको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकारले अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक नगरेको बताइन्।

‘आज कप्तानगञ्जमा एक नेपाली युवाले ज्यान गुमाएका छन्। दर्जनौँ युवा गोली लागेर घाइते भएका छन्। एउटा परिवारले आफ्नो छोरा गुमाएको छ, एउटी आमाले आफ्नो कोख रित्याएकी छिन् र एउटा बाबुले आफ्नो सहारा गुमाएको छ। तर यति ठूलो घटनापछि पनि सरकार मौन छ,’ उनले भनिन्।

थापाले यस्तै घटनामा विगतमा कडा प्रतिक्रिया जनाउने प्रधानमन्त्री र संसद्मा भावुक हुने गृहमन्त्री अहिले मौन बसेको भन्दै त्यसले न्यायप्रतिको नागरिकको विश्वास र राज्यप्रतिको भरोसा कमजोर बनाएको टिप्पणी गरिन्।

उनले काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा बालेन शाहले भदौ २३ को घटनाबारे सामाजिक सञ्जालमा लेखेको अभिव्यक्ति पनि स्मरण गराउँदै प्रधानमन्त्री बनेपछि संवेदनशीलता परिवर्तन भएको हो भन्ने आशंका व्यक्त गरिन्।

‘एउटा नेपाली युवाको मृत्यु हुँदा त्यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन सुनिँदैन? तपाईंले लगाएको कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक–फरक देख्छ र?’ भन्दै उनले सरकारसँग जवाफ मागिन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७