सभामुख अर्याल शीतलनिवासमा

१४ दिनपछि संसद् बैठक बस्नुअघि सभामुखले गरे राष्ट्रपतिसँग भेट


२०८३ श्रावण १४ बिहीबार १०:३५ बजे

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार शीतलनिवासमा भेटवार्ता भएको छ।

राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा छलफल भएको थियो। सभामुख अर्यालले राष्ट्रपतिलाई राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएका थिए।

यो भेट १४ दिनपछि बस्न लागेको प्रतिनिधिसभा बैठकअघि भएको हो। प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

यसअघि बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७