देवानगञ्ज घटनाबारे छलफल गर्न कोशीका मुख्यमन्त्री कार्कीले बोलाए सर्वदलीय बैठक बोलाए


२०८३ श्रावण १३ बुधबार ११:१९ बजे

विराटनगर :  सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न कोशी प्रदेश सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आह्वानमा बुधबार दिउँसो १२ः३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक बस्ने भएको हो।

प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार बैठकमा सुनसरी घटनाको अवस्था, शान्ति सुरक्षा तथा सामाजिक सद्‌भाव कायम गर्ने विषयमा छलफल हुनेछ। बैठकमा सुरक्षा निकायका प्रतिनिधि, सुनसरीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुनेछन्।

प्रदेश सरकारले नागरिकमा शान्ति सुरक्षा र सामाजिक सद्‌भावको प्रत्याभूति दिलाउन तथा प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी बनाउन आवश्यक कदमबारे छलफल गर्ने जनाएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि भिडियो सन्देशमार्फत पनि आम नागरिकलाई संयमता अपनाउन तथा सामाजिक सद्‌भाव कायम राख्न आग्रह गरिसकेका छन्।

प्रदेश सरकारका मन्त्री तथा सचिवहरूले अस्पताल पुगेर घटनामा घाइते भएकाहरूको उपचार व्यवस्थाबारे अनुगमन गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री कार्कीले घटनाको सुरुवातदेखि नै सुरक्षा निकायसँग समन्वय गर्दै शान्ति सुरक्षा र सामाजिक सद्‌भाव कायम गर्न पहल गरिरहेका छन्।

आजको सर्वदलीय बैठकमा जनजीवनलाई सामान्य अवस्थामा फर्काउन गर्नुपर्ने काम, राजनीतिक दलहरूको भूमिका र सामाजिक सद्‌भाव कायम राख्ने उपायबारे छलफल हुने जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७