मिटरब्याजसम्बन्धी सबै लिखतहरू अवैध घोषणा


२०८३ श्रावण ६ बुधबार १६:४७ बजे

काठमाडौं:  सरकारले मिटरब्याज (अत्यधिक ब्याज) असुल्ने उद्देश्यले गरिएका सबै फर्जी लिखत आजैदेखि अवैध घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजपीडित र सरकारबीच साउन १ गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै आजको मितिदेखि मिटरब्याजसँग सम्बन्धित सबै फर्जी लिखत कानुनी रूपमा अमान्य हुने बताए।

उनका अनुसार सरकारको यो निर्णयसँगै मिटरब्याजका नाममा बनाइएका फर्जी कागजातले अब कानुनी मान्यता पाउने छैनन्। सरकारले मिटरब्याजपीडितसँग भएको सहमतिअनुसार उनीहरूको समस्या समाधान गर्ने प्रतिबद्धतालाई कार्यान्वयन गर्ने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७