गणेश नेपालीको आत्मदाहमा प्रधानमन्त्रीको मौनता


२०८३ असार २७ शनिबार ११:३२ बजे

काठमाडौं :  काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि यतिबेला प्रधानमन्त्री बालेन्द्र शाहको मौनतालाई लिएर तीव्र आलोचना भइरहेको छ। सत्ता सञ्चालनको कुर्सीमा पुगेपछि प्रधानमन्त्री शाहले नागरिकका पीडाप्रति देखाएको उदासीनता भन्दै सरोकारवालाहरूले प्रश्न उठाएका छन्।

१० माघ २०७९ मा इलामका प्रेम आचार्यले नयाँ बानेश्वरमा आत्मदाह गर्दा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सरकारको कडा आलोचना गरेका थिए। त्यसबेला उनले लेखेका थिए, 'राज्यको अकर्मण्यताका कारण एक नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था आउनु लज्जास्पद छ।'

तर, अहिले उनी आफैँ प्रधानमन्त्रीको जिम्मेवारीमा छन्। काठमाडौं महानगरपालिकाको प्रशासनिक संयन्त्रसँग जोडिएको विवादका कारण गणेश नेपालीले आत्मदाहको बाटो रोज्नुपर्‍यो। आफ्नो मातहतको संयन्त्रमाथि प्रश्न उठिरहँदा र एक नागरिकले ज्यान गुमाउँदा पनि प्रधानमन्त्री शाहले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया वा संवेदना प्रकट गरेका छैनन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७