प्रहरीको चेतावनी : रुट परमिट बाहिर सार्वजनिक सवारी नचलाउन आग्रह


२०८३ असार २२ सोमबार १५:०६ बजे

काठमाडौं । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन सञ्चालकलाई स्वीकृत रुट परमिटभन्दा बाहिर सवारी सञ्चालन नगर्न आग्रह गरेको छ।

सोमबार जारी सूचनामा ट्राफिक प्रहरीले केही सार्वजनिक सवारी साधनले स्वीकृत रुट परमिटविपरीत सञ्चालन गर्ने, तोकिएको मार्ग र गन्तव्यको पालना नगर्ने तथा रुट परमिट प्राप्त सवारी अन्य प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति बढेको जनाएको छ।

प्रहरीका अनुसार यस्तो कार्यका कारण नियमित यात्रुले समयमै सार्वजनिक यातायात सेवा नपाउने, सेवा प्रवाहमा अव्यवस्था सिर्जना हुने तथा यात्रुबाट व्यापक गुनासो आउने गरेको छ।

यसलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सार्वजनिक यातायात व्यवसायी, सवारीधनी, चालक तथा सहचालकलाई स्वीकृत रुट परमिट र प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रहरीले सर्वसाधारणलाई सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात सेवा उपलब्ध गराउन सबै सरोकारवालालाई जिम्मेवार बन्न पनि अनुरोध गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७