पशुपतिनाथमा श्रीयन्त्र पूजाका लागि भारतबाट आयो ४० किलो चन्दन


२०८३ जेठ ७ बिहीबार १५:५० बजे

काठमाडौँः आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा गरिने श्रीयन्त्र पूजाका लागि भारतबाट ४० किलोग्राम विशेष प्रकारको चन्दन प्राप्त भएको छ। भारतीय गृहमन्त्री अमित साहले पठाउनुभएको उक्त चन्दन पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो। प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा सो चन्दन मूल अर्चकसमक्ष पुर्‍याइएको हो।

नेपाल र भारतबीच रहिआएको जनस्तरको धार्मिक एवं सांस्कृतिक सम्बन्धका कारण प्रत्येक वर्ष पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न भारतबाट यस प्रकारको विशेष चन्दन अर्पण गर्ने परम्परा रहँदै आएको छ। गत वर्ष पनि गोआका मन्त्रीले पशुपतिनाथका लागि ३५ किलो चन्दन प्रदान गरेका थिए।

मूल अर्चक भट्टले बुझिलिनुभएको चन्दनलाई आजै सुरक्षित भण्डारणका लागि गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मालाई जिम्मा लगाइएको छ। धार्मिक विधि र परम्पराअनुसार यो चन्दन पशुपतिनाथको नियमित पूजा आराधनाका क्रममा प्रयोग गरिनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७