पशुपतिनाथ परिसरमा हर्क साम्पाङको श्रमदान
काठमाडौँ : पशुपतिनाथ मन्दिर परिसरमा शनिबार श्रम संस्कृति पार्टीको श्रमदान कार्यक्रम सम्पन्न भएको छ। पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई साम्पाङको उपस्थितिमा सरसफाइ तथा विभिन्न श्रमजन्य कार्यहरू गरिएको हो।
कार्यक्रमका क्रममा मन्दिर परिसरमा सरसफाइसँगै आवश्यक व्यवस्थापनका कामहरू गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले देशमा सरसफाइलाई तीन तहमा बुझ्नुपर्ने धारणा राखे। उनले मन, तन र वातावरणको सरसफाइ आवश्यक रहेको उल्लेख गर्दै सबै नागरिकलाई यी तीनै क्षेत्रमा सक्रिय हुन आग्रह गरे।
'हामीले सरसफाइ गर्नुपर्छ । सरसफाइ यो देशमा ३ खालको छ– मन, तन र वातावरणको । यी ३ वटै तहका व्यक्ति वा निकायहरू सरसफाइमा लाग्नुपर्छ,' उनले भने ।
.gif)

.png)

