पशुपतिनाथले विश्वको कल्याण गरुन्, बुद्धको बाटोमा विश्व हिँडोस् : प्रधानमन्त्री शाह
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको कामना गरेका छन्।
आफ्नो सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्तिसँग जोड्दै शुभकामना व्यक्त गरेका हुन्।
सम्बोधनको अन्त्यमा उनले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते।’
प्रधानमन्त्री शाहले नेपालबाट विश्व शान्ति, मानव कल्याण र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आफ्नो महासभा सम्बोधन टुंग्याएका हुन्।
.gif)

.png)


