बिपी राजमार्ग र हिल्सा-सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द

सम्पूर्ण सवारी साधन चलाउन निषेध


२०८३ बैशाख ३१ बिहीबार ०७:५३ बजे

काठमाडौँ: सम्भावित प्राकृतिक जोखिम र सडक निर्माण कार्यका कारण बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै यी दुई महत्त्वपूर्ण मार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिम बढेकाले रात्रिकालीन सवारी सञ्चालन बन्द गरिएको छ। वैशाख ३१ गते (आज) देखि अर्को आदेश नभएसम्मका लागि प्रत्येक दिन साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सम्पूर्ण सवारी साधन चलाउन निषेध गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेकाले हिल्सा–सिमकोट सडक खण्ड पनि प्रभावित भएको छ। च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा पहिरो र ढुङ्गा खस्ने खतरा रहेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्मका लागि उक्त मार्गमा यातायात पूर्ण रूपमा ठप्प पारिएको छ।

यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर चालिएका यी कदमहरूका कारण वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्राको समय तालिका मिलाउन प्रहरीले अनुरोध गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७