भालुखोलाको डाइभर्सन क्षतिग्रस्त, बिपी राजमार्ग अवरुद्ध
काठमाडौँ : निरन्तरको वर्षाले पूर्व-पश्चिम राजमार्ग (एसियन हाइवे) अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकाको भालुखोला नजिक बनाइएको अस्थायी डाइभर्सन बगाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार डाइभर्सनको केही भाग बाढीले क्षति पुर्याएपछि राजमार्ग हाल एकतर्फी मात्र सञ्चालनमा छ । निर्माणाधीन नयाँ पुलको काम चलिरहेको ठाउँमा लगातार पानी परेपछि बाढीले सडक कटान गरेको हो।
यसैबीच, बीपी राजमार्ग बन्द भएपछि पूर्वतर्फका सार्वजनिक सवारीसाधन र यात्रुहरूले पुष्पलाल राजमार्गलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न थालेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार ओखलढुङ्गा, उदयपुर, सोलुखुम्बु लगायतका जिल्लाबाट छुटेका बस र जिपहरू पुष्पलाल हुँदै काठमाडौं आउँदै छन् ।
त्यसैगरी, सगरमाथा क्षेत्रबाट फर्कँदै गरेका केही विदेशी पर्यटकहरू पनि यही मार्ग भएर राजधानी फर्कन थालेका छन्।
ट्राफिक प्रहरीले निरन्तर वर्षा र बाक्लो हुस्सुका कारण चालकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ।
.gif)

.png)

