खुल्यो बिपी राजमार्ग
काठमाडौँ : मंगलबार बेलुका परेको भारी वर्षापछि बन्द भएको बिपी राजमार्गमा आजदेखि गाडी चल्न थालेको छ।
भकुण्डे–नेपालथोक खण्डमा रोशी खोलाको बहाव बढेपछि राजमार्गमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले हिजो गाडी चल्न रोक लगाएको थियो। मौसम सुधारसँगै अहिले आवागमन पुनः सुरु गरिएको प्रहरीले जनाएको छ । तर यात्रु र चालकलाई सुरक्षित यात्रा गर्न प्रहरीले सचेत गराएको छ।
यसअघि पनि गएको शुक्रबार रोशी खोलामा आएको बाढीले दुई दिन राजमार्ग अवरुद्ध भएको थियो। अघिल्लो वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएपछि खोलामार्फत अस्थायी सडक र डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको छ।
.gif)

.png)

