मेची–महाकाली उद्धार यात्रा सुरु

तीनै तहका सरकारको समन्वय हुनुपर्ने


२०८३ बैशाख २८ सोमबार १२:१५ बजे

काठमाडौँः वर्षाको समयमा कोही पनि सडकमा बेवारिसे र कष्टकर अवस्थामा बस्न नपरोस् भन्ने उद्देश्यका साथ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु भएको छ। मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा वैशाख २७ देखि जेठ २२ गतेसम्म सञ्चालन हुने यस अभियानको आज मेची पुलबाट औपचारिक शुभारम्भ गरिएको हो।

उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीले सडकआश्रित मानवहरूको उद्धारमा आश्रमले राज्यलाई ठूलो गुन लगाएको उल्लेख गर्दै यसमामा जोड दिए।

त्यस्तै, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरलाई स्वच्छ र सभ्य बनाउन सडक मानवहरूको व्यवस्थापन अनिवार्य रहेको बताए। उनले महानगरले आश्रमलाई गर्दै आएको सहयोगलाई आगामी दिनमा अझै सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले समाज सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताएका छन्।  भने गायिका आनी छोइङ डोल्माले मानव सेवामा गरिने लगानीले नै वास्तविक आत्मसन्तुष्टि दिने धारणा राखे।

मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीका अनुसार यो अभियानको तेस्रो संस्करण हो। गायिका आनीछोइङ डोल्माको नेतृत्वमा रहने २६ जना स्वयंसेवकको टोलीले देशभरका सडकबाट असहायहरूको उद्धार गरी आश्रमका विभिन्न शाखाहरूमा पुनःस्थापना गर्ने लक्ष्य राखेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७