रवि लामिछानेले भने : राप्रपालाई धोका दिइएको होइन, कयौं सहकार्य बाँकी नै छ


२०८२ चैत २७ शुक्रबार १५:१५ बजे

काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राप्रपासँग सहकार्यका सम्भावना अझै बाँकी रहेको बताए ।

उपसभामुख निर्वाचनको सन्दर्भमा धोका भएको भन्दै राप्रपा सांसदले असन्तुष्टि जनाएको विषयमा प्रतिक्रिया दिँदै लामिछानेले ‘राजनीतिक संवाद हुने नै छन् । सम्भावनाहरू हुनसक्छ भनेर कुराकानी किन नहुनु र ? सबै दलहरूसँग भएको हो । धोका भन्दा पनि कहिलेकाहीँ अन्तिम समयमा हामीले सहि निर्णय गर्ने समय आउँदा कहिलेकाहीँ अन्य फ्याक्टरहरूले पनि काम गर्छन् । त्यस्तो केहि होइन ।’ भने।

उनले ज्ञानेन्द्र शाहीसँगको व्यक्तिगत सम्बन्धसमेत राम्रो रहेको उल्लेख गर्दै भविष्यमा सहकार्यका अवसर प्रशस्त रहेको धारणा राखे । 

‘सहकार्य गर्ने ठाउँ कति आउँछ आउँछ नि । ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैं साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कयौं गर्न बाँकी छ । एउटा माघले कहाँ जाडो जान्छ र ?,’ उनले भने । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७