पत्रकार किशोर श्रेष्ठ पक्राउ


२०८३ श्रावण २७ बुधबार २२:२४ बजे

काठमाडौं :  पत्रकार तथा जनआस्था साप्ताहिकका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्। उनी ललितपुरस्थित निवास नजिकबाट पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । 

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरीले जनाएको छ।परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार सप्तरी ३ अमरकान्त चौधरीको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७