पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बाँस्कोटा
काठमाडौँ : नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अपनाएको मोडल नेपाली समाजले स्वीकार नहुने बताएका छन्।
सरकार गठन भएको २४ घण्टा नबित्दै सामाजिक सञ्जालमा बास्कोटाले राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै नेपाली समाज प्रतिशोध र पूर्वाग्रहको राजनीतिलाई नरुचाउने बताएका हुन् । उनले पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो। पार्ट टु भनौँ होला। पार्ट थ्री कति समयमा पुग्ने हो? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन। पूर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुँदै होइन। जसलाई जे सुकै लागोस्।’
.gif)

.png)

