लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन


२०८२ चैत १३ शुक्रबार १५:११ बजे

काठमाडौं : लाङटाङ क्षेत्रमा मुस्ताङ एयरलाइन्सको ‘एनएएनओ’ हेलिकप्टर सम्पर्कविहीन भएको छ। हेलिकप्टर दिउँसो करिब १ बजेदेखि रसुवाको उत्तरी क्षेत्रमा सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले सम्पर्कविहीन भएको पुष्टि गरेका छन्। “यसबारे थप विवरण प्राप्त भएको छैन,” उनले बताए।

हेलिकप्टरमा पाइलटसहित ५ जना सवार रहेको खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन रहेको छ। 

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले नेपाली सेना र प्रहरीसँग घटनाबारे बुझ्ने काम भइरहेको जानकारी दिएका छन्।
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७