म्याग्दीका सांसद महावीर पुन पोखरामा किताब बेच्दै


२०८२ फाल्गुण २५ सोमबार १९:०० बजे

पोखरा : म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित पूर्व शिक्षामन्त्री महावीर पुन पोखरामा आफ्नो किताब बेचिरहेका छन्। उनी पोखराको पृथ्वीचोक, महेन्द्रपुल लगायतका ठाउँमा किताब बिक्री गर्दै आएका छन्।

पुनसँग फोटो खिच्न र हस्ताक्षर सहित किताब किन्न धेरैको भिड लागेको छ। उनले कारखाना चलाउने भन्दै जेनजी आन्दोलनअघि पनि देशका विभिन्न ठाउँमा किताब बिक्री गरेका थिए।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधिश सुशीला कार्की नेतृत्वको सरकारमा उनी शिक्षामन्त्री बनेका थिए। मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र चुनाव लडेका महावीरलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको थियो । 

म्याग्दीबाट निर्वाचित पुनले २२ हजार ८५० मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१० मत र नेपाली कांग्रेसका कर्णबहादर भण्डारीले ६ हजार ६७६ मत प्राप्त गरेका थिए।

पोखरामा किताब बेचिरहेका महावीरसँग एक व्यक्तिबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त व्यक्तिले महावीरलाई सोधे, ‘जनताले प्रत्यक्ष मत दिएर जिताएको मान्छेको काम किताब बेच्नु होइन।’ महावीरले आफ्नो फुर्सदको समयमा किताब बिक्री गरिरहेको जवाफ दिएका थिए । 

भिडियोमा व्यक्तिले प्रश्न दोहोर्याउँदा महावीरसँग छोटो नोकझोंक पनि देखिएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७