काठमाडौं-६ मा शिशिर खनाल निर्वाचित


२०८२ फाल्गुण २२ शुक्रबार १७:४८ बजे

काठमाडौँ : काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनको जितको औपचारिक घोषणा भने हुन बाँकी छ । 

मतगणनाअनुसार खनालले २७ हजार ७११ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका छन् । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धवराज भेटुवालले २९० मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७