गरिबी र अस्थिरता नेपालको मुख्य शत्रुः पूर्वराजा शाह


२०८२ फाल्गुण ७ बिहीबार ०६:५५ बजे
फाइल तस्बिर

काठमाडौँः नेपालीको मुख्य शत्रु भनेको नै गरिबी र अस्थिरता भएको पूर्वराजा ज्ञानेन्द्र शाह बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याएका हुन् । 

उनले सन्देश मार्फत प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भन्छन् “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ । अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।”

एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड  छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७