विश्वकप क्रिकेटको जर्सी खरिदमा भारी छुट


२०८२ माघ ७ बुधबार १०:२५ बजे

काठमाडौँ : विश्वकप क्रिकेटको जर्सी खरिदमा भारी छुट पाउने भएको छ । क्रिकेटप्रतिको बढ्दो उत्साहलाई मध्यनजर गर्दै एनसेल र भाटभटेनीले संयुक्त रूपमा छुट अफर सार्वजनिक गरेका छन् ।
यस साझेदारीअन्तर्गत ग्राहकले आसन्न टी–२० पुरुष क्रिकेट विश्वकपका मर्चेन्डाइज (आधिकारिक पोसाक तथा सामग्री) खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

यो अफर प्राप्त गर्न ग्राहकले एनसेलको डेटा वा कम्बो प्याक खरिद गर्नुपर्ने हुन्छ । करसहित २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक खरिद गर्ने ग्राहकले यो छुट कुपन प्राप्त गर्नेछन् । उक्त कुपन भाटभटेनीको अनलाइन स्टोरमार्फत आधिकारिक क्रिकेट मर्चेन्डाइज खरिद गर्दा प्रयोग गर्न सकिनेछ ।

यस अफरले क्रिकेट प्रेमीहरूलाई राष्ट्रिय टोलीको आधिकारिक जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकशुट, क्यापजस्ता सामग्री सहुलियत मूल्यमा उपलब्ध गराई टोलीसँग भावनात्मक रूपमा जोड्ने लक्ष्य राखेको छ ।

यो योजना देशभरका एनसेल पसल, एनसेल सेन्टर र एनसेल एपमार्फत उपलब्ध छ । ग्राहकले एनसेल एपमा रहेको ‘टी–२० विश्वकप क्याम्पेन’ ब्यानरमा क्लिक गरेर वा सिधै तोकिएको प्याक खरिद गरेर यसमा सहभागी हुन सक्छन् ।

प्याक खरिद गरेपछि ग्राहकको मोबाइलमा प्रोमो कोडसहितको एउटा एसएमएस र भाटभटेनी अनलाइन स्टोरको लिङ्क प्राप्त हुनेछ । उक्त लिङ्कमा गएर आफूलाई मन पर्ने सामग्री छनोट गरी ‘चेक आउट’ गर्ने बेला प्रोमो कोड प्रयोग गर्दा छुट पाइनेछ । अर्डर पुष्टि भएपछि भाटभटेनीले ग्राहकले रोजेको स्थानमा डेलिभरी गरिदिनेछ ।

यो योजना आगामी ३१ मार्चसम्म वा सामान मौज्दात रहुन्जेल मात्र लागु हुने जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७