मैले उम्मेदवारी फिर्ता लिएको छैन : आशिका तामाङ
काठमाडौँ : धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नगरेको बताएकी छन् ।
सोसल मिडियामा उम्मेदवारी फिर्ता गरेको विषयमा हल्ला भइरहँदा उनले यसबारे प्रस्टता दिइन्। 'मैले उम्मेदवारी फिर्ता लिएको छैन। चुनाव लड्न पाउने वा नपाउनेबारे निर्वाचन आयोगसँग छलफल भइरहेको बेलामा मेरो नामबाट फेक इमेल आयोगमा पठाइएको रहेछ,' उनले भनिन्, 'यसबारे आयोगसँग बुझ्न जाँदै छु, र कसैले यस्तो गरेको हो भने म उजुरी गर्नेछु।'
आशिका तामाङसँग विदेशी परिचयपत्र छ भन्ने आरोप पनि उठेको थियो । यसबारे उनले स्पष्टीकरण दिँदै भनिन्, 'मसँग विदेशी परिचयपत्र छैन। मेरो यहाँको पासपोर्ट र नागरिकता मात्र छ।'
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले धादिङ-१ बाट उम्मेदवारी दिएका सबै उम्मेदवारमध्ये ईश्वर भारती बाहेक अरुले उम्मेदवारी फिर्ता नगरेको जानकारी दिए।
शुक्रबार दिउँसोसम्म देशभरबाट ४९ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्।
.gif)

.png)

