उम्मेदवारी खारेजको निर्णयविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी


२०८२ माघ ९ शुक्रबार १७:१३ बजे

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीले उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ द्वारा गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको आरोप लगाउँदै निर्णय बदर गर्नुपर्ने माग गरेका छन् । उनले आफ्ना उम्मेदवारी रद्दको निर्णयको पुनरावलोकन गर्दै अन्तरिम आदेश जारी गर्ने आग्रह पनि गरेका छन् । 

चौधरीको निवेदन शुक्रबार दर्ता भएको र आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने अदालतले जनाएको छ । 

चौधरीले कैलाली-१ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका थिए। निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेजको  निर्णय गरेको थियो।

चौधरीले आफ्नो उम्मेदवारी यथावत् रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७