मुद्दा नटुंगिंदासम्म सम्पत्ति जाँचबुझका सबै कामकारबाही रोक्नू: सर्वोच्च अदालत
काठमाडाैं : सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म कुनै पनि कामकारबाही अघि नबढाउन थप स्पष्ट र कडा आदेश जारी गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले असार ३१ गते जारी गरेको र बिहीबार सार्वजनिक भएको आदेशमा, २६ असारको संयुक्त इजलासको मर्मविपरीत आयोगले अघि बढाएका सम्पूर्ण प्रक्रियाहरू तत्काल रोक्न भनिएको छ।
आदेशमा भनिएको छ, ‘यस अदालतको संयुक्त इजलासबाट २६ असार, २०८३ मा भएको आदेशको समग्रतामा व्यक्त भएको मर्म र भावनाको प्रतिकूल हुने गरी आयोगले २९ असारमा जारी गरेको सूचनाको दोस्रो खण्डमा उल्लेखित व्यहोरा कार्यान्वयन नगर्न नगराउनु ।’
यस आदेशसँगै आयोगले २९ असारमा जारी गरेको सूचनाको दोस्रो खण्ड कार्यान्वयन नहुने भएको छ। अदालतले आयोगको अध्यक्ष नियुक्तिको वैधानिकतामाथि नै प्रश्न उठेको र मुद्दा पूर्ण इजलासमा विचाराधीन रहेको सन्दर्भमा, अन्तिम टुंगो नलाग्दासम्म कुनै पनि पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन बाध्य पार्ने, छानबिन गर्ने वा कानुनी कारबाहीको सिफारिस गर्ने जस्ता कुनै पनि काम नगर्न स्पष्ट निर्देशन दिएको छ। यसले आयोगका सबै कामकारबाही हालका लागि पूर्णतः ठप्प पारेको छ।
.gif)

.png)

