च्याँखे थाप्ने र म्याजिक नम्बर इदर उदर गर्ने पार्टीमा हामी रमाएनौँ : स्वर्णिम वाग्ले
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले च्याँखे थाप्ने राजनीति छोडेर देश बनाउने महाअभियानमा आफूहरू लागेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टीको बृहत् एकता समायोजन कार्यक्रममा बोल्दै उनले समावेशिता र सामाजिक न्यायलाई अभियानकै रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।
‘रविजीले २०७९ सालमा ठुलो आँट र जोखिम मोलेर पार्टी खोल्नुभयो । उहाँले खुम्चिँदै गरेको अहिलेका पार्टीबाट पनि भविष्य खोज्न सक्नुहुन्थ्यो । तर त्यो बाटो रोज्नु भएन,’ उनले भने, ‘२१ सिट मात्र हुँदा कसरी न्याँक्ने रहेछन् भन्ने कुरा संसद्मा देखिहाल्नुभयो । च्याँखे थाप्ने र म्याजिक नम्बर इदर उदर गर्ने पार्टीमा हामी रमाएनौँ । हामी अब बहुमतका साथ अगाडि बढेर देश बनाउने महाअभियानमा लाग्नेछौँ ।’
देशको अनुहार जस्तो छ, पार्टी र राज्यको अनुहार पनि त्यस्तै हुनुपर्छ भन्ने मान्यतामा रास्वपा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
.gif)

.png)

