शिक्षण अस्पतालमा ९४ शव, ९ जनाको पहिचान
४८ शवको पोस्टमार्टम गरियो,
काठमाडौं : भोटेकोशी बाढीपछि विभिन्न स्थानबाट फेला पारिएका ९४ शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ। अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा.गोपाल चौधरीका अनुसार ल्याइएका शवमध्ये ४८ जनाको पोस्टमार्टम पूरा भइसकेको छ। अझै ३७ शवको पोस्टमार्टम गर्न बाँकी रहेको उनले जानकारी दिए। अस्पतालमा ल्याइएका ९४ शवमध्ये हालसम्म नौ जनाको मात्रै पहिचान खुलेको छ। पहिचान भएका शव परिवार तथा आफन्तलाई बुझाइएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म ९०३ जनाको शव फेला परेको छ। सोमबार बिहानसम्मको विवरणअनुसार बाढीमा परी ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जनाको शव फेला परेको छ। चितवनमा फेला परेका केही शवमा मानव अंगसमेत रहेको प्राधिकरणले जनाएको छ।
.gif)

.png)

