कोशीमा मन्त्रिमण्डल चाँडै पुनर्गठन हुन्छ : राई


२०८२ पौष ७ सोमबार १३:५८ बजे

काठमाडौँ : नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेशको मन्त्रिमण्डल चाँडै पुनर्गठन गरिने जानकारी दिएका छन् ।

सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको सहमति अनुसार नै मन्त्रिमण्डल पुनर्गठन हुने बताए । उनले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने जिकिर गरे ।

राईले वर्तमान सरकार निर्वाचन गराउनेभन्दा पनि राजनीतिक दलहरूबीच द्वन्द्व बढाउन लागिपरेको बताए। उनले निर्वाचनको अवस्था आए आफूहरू निर्वाचनका लागि तयार रहेको पनि स्पष्ट पारे।

उनले संविधानलाई लिकमा ल्याउन संसद पुनर्स्थापना, सर्वपक्षीय सरकार, संविधान संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने जिकिर गरे ।

सचिव राईले एघारौँ महाधिवेशनमा स्पष्ट रूपमा दुई प्यानलबीच नेतृत्वका लागि निर्वाचन भए पनि एमाले एक ढिक्का रहेको बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७