साफ क्लब महिला च्याम्पियनसिपको उपाधि इस्ट बंगाललाई, घरेलु मैदामा एपिएफ पराजित


२०८२ पौष ५ शनिबार १९:१४ बजे

काठमाडौँ : घरेलु टिम एपिएफ क्लबलाई ३–० ले पराजित गर्दै भारतको लिग च्याम्पियन इस्ट बंगालले साफ क्लब महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ८ हजार २५३ दर्शकमाझ भएको फाइनल खेलमा इस्ट बंगालको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् । सिल्किदेवी हमामले एक गोल थपिन्।

खेलको २२औँ मिनेटमा फजिलाले सरिता युम्नामको पासमा गोल गर्दै इस्ट बंगाललाई अग्रता दिलाइन् । लगातार आक्रमण जारी राखेको इस्ट बंगालले ३५औँ मिनेटमा अग्रता दोब्बर बनायो । आशालता देवीको राइट साइट क्रसमा सिल्किदेवीले टप कर्नर हेडरमार्फत गोल गरिन्।

४६औँ मिनेटमा फजिलाले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–० पुर्‍याइन् । १८ यार्ड बक्सनजिकबाट हानेको उनको प्रहार गोलकिपर अञ्जनाको हातबाट फुस्कँदै जालीमा पुगेको थियो।

एपीएफले खेलभर प्रभावकारी आक्रमण बनाउन सकेन । तेस्रो मिनेटमा रश्मीकुमारी घिसिङले पेनाल्टी बक्सभित्र पाएको अवसर सदुपयोग गर्न सकिनन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७