उपाध्यक्ष अस्वीकार गर्दै घर हिँडे प्रदीप ज्ञवाली
काठमाडौँ : महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिन अनिच्छा देखाएका छन् ।
मंगलबार हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी, केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले छुट्टाछुट्टै प्यानल तयार पारेका छन् ।
ओली समूहको उपाध्यक्षमा ज्ञवालीको नाम सार्वजनिक भएको छ। तर स्रोतका अनुसार उनले उपाध्यक्ष बन्न इच्छुक छैनन् ।
ज्ञवालीले यसअघि अध्यक्ष ओलीसँग पनि महासचिव पदमा आफ्नो दाबी रहेको बताएका थिए। उनले ओलीलाई भनेका थिए, ‘महासचिवभन्दा माथि पनि लड्दिनँ, तल पनि लड्दिनँ।’
हाल ज्ञवाली महाधिवेशनस्थलमा छैनन् । आफ्नो नाम उपाध्यक्षमा राखिएपछि असन्तुष्ट देखिएपछि घरमै आराम गरिरहेको स्रोतले जनाएको छ।
.gif)

.png)

