पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे, तीन उपाध्यक्षमा बिन्दा, गोकर्ण र परशु

एक उपमहासचिवमा योगेश भट्टराई, अर्कोमा छलफल जारी


२०८२ मङ्सिर २९ सोमबार १०:०१ बजे

काठमाडौं : नेकपा (एमाले) एघारौँको जारी महाधिवेशनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा उम्मेदवारी दिने भएका छन् । 

एक नेताका अनुसार पोखेरलले प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका हुन् । अहिलेसम्म केही पदाधिकारीको उम्मेदवार तय गरिएको ती नेताले बताए ।

उनका अनुसार महासचिवमा सुरेन्द्र पाण्डे, तीन उपाध्यक्षमा बिन्दा पाण्डे, गोकर्ण विष्ट र परशु मेघी गुरुङले उम्मेदवारी दिने तयारी भएको हो।

यस्तै उपमहासचिवमा योगेश भट्टराईले उम्मेदवारी दिँदै छन्। अर्का उपमहासचिवमा पुरुषोत्तम पौडेल वा अरुण नेपाल भन्नेमा छलफल जारी रहेको उनले बताए । 

महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७