११ वर्षपछि राजनीतिमा विद्या भण्डारी : लिइन् एमाले वरिष्ठ उपाध्यक्षको शपथ


२०८३ असोज २२ बिहीबार १४:०५ बजे

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष पदको शपथ लिएकी छन्। 

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित स्थायी कमिटीको प्रथम बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई शपथ गराएका हुन्।

भण्डारीलाई एमाले केन्द्रीय कमिटीले पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेको थियो।

शपथपछि उनी एमालेको स्थायी कमिटी बैठकमा वरिष्ठ उपाध्यक्षका रूपमा सहभागी भएकी छन्। यो उनको पार्टीको सक्रिय भूमिकामा फर्किएपछिको पहिलो स्थायी कमिटी बैठक हो। 

उनी ११ वर्षपछि औपचारिक रूपमा पार्टी राजनीतिमा फर्किएकी हुन्। दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष थिइन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७