विधान संशोधनप्रति आपत्ति जनाउँदै सुरेन्द्र पाण्डेले भने : यो मनपरीतन्त्र होइन ?


२०८२ मङ्सिर २८ आइतबार १५:३० बजे

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकबाट भएको विधान संशोधनको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले विधान अधिवेशनको औचित्यमाथि प्रश्न उठाएका छन् ।

उनले लेखेका छन्, ‘के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने-यो सरासर मनपरी होइन भने के हो ?’

पाण्डेले पार्टीको यो निर्णयलाई मनपरीतन्त्रको संज्ञा दिँदै त्यस विरुद्धको लडाइँ जारी रहेको बताएका छन्।

उनले भनेका छन्, ‘अहिले आएर दायाँ–बायाँ गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ । यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ । पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ।’

एमालेको दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधनको निर्णय गरेको हो ।

गत भदौमा मात्रै भएको विधान अधिवेशनबाट पदाधिकारी संख्या १५ र केन्द्रीय कमिटी २५१ रहनेगरी निर्णय भएको थियो ।

यद्यपि उक्त निर्णय यथावत् राख्ने बताएको एमालेले अन्तिम समयमा संशोधन हुन लागेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७