बादलको अभिव्यक्तिमा सुरेन्द्र पाण्डेको पनि असहमति


२०८२ चैत २० शुक्रबार १०:१६ बजे

काठमाडौँ : बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय दल नेता राम बहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर नेता सुरेन्द्र पाण्डेले पनि आपत्ति जनाएका छन्। 

पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै, आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्ने र अतिवादतिर धकेल्ने काम नगर्न आग्रह गरे।

बिहीबार संसदमा दल नेता बादलले रास्वपाको अभूतपूर्व जितमा आन्तरिक र बाह्य शक्ति दुवैको भूमिका रहेको आरोप लगाएका थिए । 

उनले विशेषत: नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ लगायतका संस्थाहरू र पात्रहरूले रास्वपाको जितमा निर्णायक भूमिका खेलेको आरोप लगाएका थिए।

बादलको अभिव्यक्तिप्रति असहमति जनाउँदै नेता पाण्डेले फेसबुकमा लेखेका छन्, 'हिजो संसदमा 'षड्यन्त्र'का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो - सबै दोष अरूलाई! हामी पनि दोषी छौं - यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र? अब यो ‘घेराबन्दी’मा पर्‍यौं भन्ने राष्ट्रवादी राजनीति पुरानो भएको छ। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ-आफ्ना एजेन्डा मात्र हुन्।'

बादलको अभिव्यक्तिले पार्टीमा तरंग पैदा गरेको छ। यसअघि उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले पनि उनका भनाइप्रति असहमति जनाएका थिए।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७