बर्दियाबाट आरजु देउवाको नाम सिफारिस


२०८२ मङ्सिर २६ शुक्रबार १७:३९ बजे

बर्दिया : नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बर्दियाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरिएको छ। त्यस्तै, क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पूर्वसिंचाई मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम र समानुपातिकतर्फ निवर्तमान पार्टी उपसभापति मिश्रीलाल यादवको नाम सिफारिस गरिएको छ।

यस्तै, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस बर्दियाका पार्टी सभापति अरुण प्रकाश सिंह राठौरको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ ।

मंसिर २३ मा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७