अरुणको जलसतह बढ्यो, अरुण तेस्रोको ड्याम निर्माण रोकियो


२०८३ असोज ९ शुक्रबार २३:०५ बजे

सङ्खुवासभा : अरुण नदीमा पानीको बहाव बढेपछि सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम निर्माण कार्य रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार नदीको जलसतह बढेपछि आयोजनाको निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको हो।

आयोजनाको ड्याम निर्माणस्थलमा नदीको बहाव बढेपछि ड्राइभर्सनका लागि अस्थायी रूपमा बनाइएको सुरुङबाट पानी पूर्ण रूपमा निकास हुन सकेको छैन। त्यसपछि पानी अस्थायी ड्याममाथिबाट बग्दै निर्माणाधीन स्थायी ड्यामतर्फ जान थालेपछि काम तत्कालका लागि रोकिएको प्रहरीले जनाएको छ।

राजवंशीका अनुसार आयोजनास्थलमा अरुण नदीको जलसतह ८१८.५० मिटर पुगेको छ। आयोजनास्थलमा पानीको बहाव ८१७ मिटरभन्दा माथि पुगेमा जोखिमपूर्ण मानिन्छ।

प्रहरी तथा सम्बन्धित निकायले आयोजनास्थलको अवस्था र नदीको जलसतह निरन्तर निगरानी गरिरहेको जनाएको छ।

वर्षा अझै बढ्न सक्ने र जिल्लाका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलाका तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७