राहदानी छपाइ अनियमितता प्रकरणमा अख्तियारद्वारा थप दुई जना पक्राउ

अनुसन्धानका लागि विशेष अदालतबाट ३ दिनको म्याद


२०८३ असार ३ बुधबार १५:०४ बजे

काठमाडौँ :  राहदानी छपाइमा भएको अनियमितता प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्।

उनीहरूमाथि थप अनुसन्धान अघि बढाउन अख्तियारले विशेष अदालतबाट ३ दिनको म्याद थप गरेको छ। यसअघि असार १ गते साँझ आयोगले विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकृतहरूका अनुसार, महानिर्देशक अर्याललाई सुरुमा प्रधानमन्त्री कार्यालयमै बोलाएर प्रारम्भिक सोधपुछ गरिएपश्चात् अख्तियारको जिम्मा लगाइएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७